हाजिरीजवाफ प्रतियोगिता–२०८३ का केही सुन्दर झलकहरू

हाजिरीजवाफ प्रतियोगितामा कञ्चनजंघा हाउस प्रथम

मिति २०८३/०५/०५ गते विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगिता उत्साहपूर्ण तथा ज्ञानवर्धक वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास, तर्कशक्ति तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न हाउसका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कञ्चनजंघा हाउसले प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी सगरमाथा हाउसले द्वितीय, अन्नपूर्ण हाउसले तृतीय र मकालु हाउसले चौथो स्थान हासिल गरेका छन्।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूले आफ्नो ज्ञान, प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएका थिए। कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षक–शिक्षिका तथा सक्रिय सहभागिता जनाउने विद्यार्थी भाइबहिनीहरूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

विजेता कञ्चनजंघा हाउस सहित द्वितीय, तृतीय तथा चौथो स्थान हासिल गर्ने सम्पूर्ण हाउस र सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनका लागि उज्ज्वल सफलताको शुभकामना। 🏆🎉📚

Scroll to Top