आज सम्पन्न भएको चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। 🎉🏆
साथै, प्रतियोगितामा उत्साहपूर्वक सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको सहभागिता, सिर्जनशीलता र उत्साहले कार्यक्रमलाई अझ भव्य र सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
भविष्यमा पनि यस्ता रचनात्मक तथा प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै आफ्ना कला र क्षमताहरूलाई अझ निखार्दै लैजानुहुनेछ भन्ने विश्वास लिएका छौं।
सबै सहभागीहरूलाई पुनः हार्दिक बधाई तथा धन्यवाद। 🌷



