आज सम्पन्न भएको वादविवाद कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु। 👏🎉
साथै, कार्यक्रममा उत्साहपूर्वक सहभागी भई आफ्नो प्रतिभा, विचार र क्षमता प्रस्तुत गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल, प्रभावकारी र अर्थपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
आगामी दिनहरूमा पनि यस्तै सिर्जनात्मक तथा बौद्धिक गतिविधिहरूमा निरन्तर सहभागिता जनाउँदै उत्कृष्टता हासिल गर्दै जानुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
धन्यवाद। 🙏















